


काठमाडौं । गृहमन्त्री रबी लामिछानेले जेठ १५ गते महिला ट्राफिक प्रहरीले महिनावारी भएको बेलामा चार दिन बिदा बस्न पाउने घोषणा गरे ।
उनले महिला ट्राफिक प्रहरीको बिदा मात्रै स्वीकृत गरेनन्, ट्राफिक नियम उल्लङ्घन गर्नेले ट्राफिक भोल्युन्टियर भएर काम गर्नुपर्ने नयाँ नियम ल्याइदिए । मापासे तथा अन्य सडक सम्बन्धी नियम उल्लङ्घन गरेको अवस्थामा ‘ट्राफिक भोल्युन्टियर’ भएर काम गर्ने नयाँ नियम जेठ १६ बाटै प्रहरीले लागू गरेको छ ।
अहिले काठमाडौंका सडकमा ट्राफिक सँगै भोल्युन्टियर पनि खटिएका देखिन्छन् । उनीहरु सडक काट्ने नागरिकहरुलाई सडक काट्न अनुमति दिने र रोक्ने काम गरिरहेका हुन्छन् । यो भन्दा अगाडि ट्राफिक नियम उलङ्घन गर्नेले दुई घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ने व्यवस्था थियो ।
अब भने प्रयोगात्मक रुपमै काम गर्नुपर्ने व्यवस्था ल्याइएको छ । अब मापासे गरे वा ट्राफिक नियम उलङ्घन गरे सडकमा ट्राफिक जसरी नै व्यवस्थापनमा काम गर्नुपर्ने हुन्छ । गृहमन्त्री लामिछानेको यो कदमको धेरैले खुलेरै प्रशंसा गरेका छन् भने केहीले आलोचना पनि गरेका छन् । केहीले मापासे गरेकाले ट्राफिक व्यवस्थापनमा कसरी काम गर्न सक्ला भने प्रश्न उठाएका छन् ।
तस्बिरहरू

खकेन्द्र बहादुर बुढा