काठमाडौं । एलजीले ‘खेल्छ नेपाल घर घरमा’ योजना सार्वजनिक गरेको छ । जेठ २० गतेबाट सुरु हुँदै गरेको टि-२० क्रिकेट वर्ल्ड कपको अवसरमा यो योजना सार्वजनिक गरेको हो ।
नेपाली क्रिकेट टिमको र सम्पूर्ण वर्ल्ड कप म्याचहरु घरमै बसी-बसी हेर्न नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तरराष्ट्रिय ब्राण्ड एलजीले ‘खेल्छ नेपाल घर घरमा’ नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकबर्गहरुले एलजी टि.भीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्यासब्याक र उपहार पनि जित्न सक्नेछन् ।
योजनाअनुसार कुनै पनि एलजी टि.भीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र १ लाखको ब्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ । साथै एलजी ओलेड टि.भी वा ८६ इन्चको टि.भी खरिदमा एलजी साउन्डबार एस एन फोर उपहार सित्तैमा पाइने कम्पनीले जनाएकाे छ ।
कम्पनीका अनुसार ३२ इन्च देखी ८६ इन्च साइज सम्ममा उपलब्ध एलजीका टि.भीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन् । एलजीका क्युनेड टि.भी, यू क्यु र यू आर सिरिज अन्तर्गतका युएचडी टि.भीहरुमा ३ बर्षको फुल वारेन्टी रहेको छ । कुनै पनि एलजी टि.भीको खरिदमा १ लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सकिनेछ ।
ग्राहकबर्गहरुले यो बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन् । यसका साथसाथै शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ, एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी रहेको छ ।
यो योजना जेठ १७ गतेदेखी नेपालभर सीमित अवधीको लागि लागू गरिएको छ । नेपालभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।
अर्थ सन्जाल