काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कानुनी उपचार खोज्ने बताएका छन् । प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी आफूलाई पक्राउ गरेर ९ दिनसम्म हिरासतमा राखेको भन्दै यस योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको खोज्ने सिरोहियाको भनाइ छ ।
बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कान्तिपुरको पत्रकारिता र सञ्चारमाध्यमलाई तर्साउन आफूलाई पक्राउ गरिएकोमा अब कुनै शंका नरहेको बताए।
उनले विज्ञप्तिमा भनेका छन् – ‘प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने जानकारी गराउन चाहन्छु । त्यस्तै म गैरनेपाली रहेको, मसँग दुईरतीन थरी नागरिकता रहेको र मेरो नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता हल्ला फैलाउनेहरूलाई आफ्नो दाबी प्रमाणित गर्न सार्वजनिक चुनौती दिन चाहन्छु।’
अर्थ सन्जाल