सिंहदरबारभित्रै सडक पेटी छेकेर गाडी पार्किङ (तस्बिरहरू)

काठमाडौं । सिंहदरबार देशकै नियम कानुन बनाउनेदेखि कार्यान्वयन गराउने ठाउँ हो । तर त्यही सिंहदरबारभित्र भने कानुनको कार्यान्वयन भने भएको देखिँदैन ।

केन्द्रीय प्रशासनिक स्थान सिंहदरबार छिर्दा गाडीहरु मान्छे हिँड्ने पेटीमा पार्किङ गरिएको भेटिन्छ । त्यही सिंहदरबारका कार्यरत कर्मचारीमात्र होइन, मन्त्री र तिनका स्वकीय सचिवहरूले पनि मान्छे हिँड्ने पेटी छेकेर गाडी पार्किङ गर्छन् । विभिन्न ठाउँबाट आउने आगन्तुकले त्यही सिको गर्छन् । अनि नागरिकलाई चाहिँ कानून पालना गराउने नैतिकता सिंहदरबारदेखि दिन कसरी मिल्छ । नाच्न नजान्ने आगन टेडो भनेझै आफैँले पहिला नियक कानून उलंघन गरेपछि अरुलाई कानूनमा हिडाउन कुन नैतिकताले दिन्छ र ?

मन्त्रालय गेटमा पार्किङ गरिएका सरकारी सवारी साधनको अवस्था हेर्दा पनि यो कुरा पुष्टि हुन्छ । सर्वसाधारणको पैदलयात्राको सडकपेटीमा समेत सरकारी कर्मचारीले गाडी पार्किङ गर्दा अन्य ठाउँबाट आएका आगन्तुकले पनि त्यसै गर्ने गरेका छन्। अनि पैदलयात्री चाहिँ गाडी हिड्ने ठाउँबाट हिड्न बाध्य छन् ।
अनि सर्वसाधारणले बुझ्दा हुन्– कानून त सर्वसाधारणलाई मात्रै लाग्ने रहेछ । सर्वसाधारणलाई कहाँ लाग्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *