काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
गत फागुन २१ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ समीकरण बनेपछि अर्थमन्त्रीको जिम्मेवारी पाएका पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका छन् ।
स्थानीय तहमा औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, शैक्षिक सुधार र स्वास्थ्य संस्थाको स्थापना लगायतका लक्ष्य बजेटमार्फत लिइएको बताइएको छ । यिनै लक्ष्यसहित केन्द्र सरकारले स्थानीय तहलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उनको भनाई छ ।
Artha Sanjal
अर्थ सन्जाल