काठमाडौं ।काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले प्रतिक्रिया दिएकै कारण अष्ट्रेलियाको कार्यक्रममा दर्शकहरुको बहिष्कारमा पर्ने भएपछि माफी मागेका छन्। उनीहरुले भिडिओ सन्देश जारी गर्दै अदालती प्रक्रियामा हतारमा बोलिएको भनेर उनीहरुले माफी मागेका थिए । महजोडीले सिरोहियाको समर्थन बोलेपछि आलोचित बनेका थिए।
यसै सन्दर्भमा कान्तिपुर दैनिकका प्रधान-सम्पादक उमेश चौहानले महजोडीले बोलेको कुरामा माफी मागेपछि विरोध जनाएका छन् । यद्धपी चौहानले महजोडीको नाम भने उल्लेख गरेका छैनन् । उनले आफ्नो मतले समाजलाई मार्गदर्शन गर्नुको साटो महजोडी भीडसामु आत्मसमर्पण गर्न पुगेको आशयको टिप्पणी गरेका छन् ।
उनले संजालमा लेखेका छन्–तपाईंको व्यक्तित्व सार्वजनिक पुँजी हो। त्यो पुँजी आफ्नो विवेक र ब्रह्मले देखेको विषय निर्धक्क अभिव्यक्त गर्न लगानी गर्ने हो ।समाजमा सहमति विमति हुन्छन्। आफ्नो मतले समाजलाई मार्गदर्शन गर्नुको सट्टा भीडसामु आत्मसमर्पण गर्ने हो भने मान्नुस्- तपाईंको लोकप्रियता र व्यक्तित्व बन्धक छ।’