तराई–मधेश समृद्धि कार्यक्रमलाई १ अर्ब बजेट

काठमाडौं । सरकारले तराई–मधेश समृद्धि कार्यक्रमका लागि एक अर्ब रुपैयाँ बजेट छुट्याएको छ। आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।

तराई–मधेशका सीमान्तकृत र पिछडिएका क्षेत्रका बासिन्दाको आर्थिक, सामाजिक विकास र सशक्तीकरण गर्न सरकारले तराई–मधेश समृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालनमा ३५ करोड छुट्याइएको अर्थमन्त्री पुनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *