खल्ती डिजिटल वालेटले निःशुल्क बैंक खातामा पैसा पठाउन सकिने

खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा गराएको छ । प्रयोगकर्ताहरूले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा पैसा पठाउन सक्छन् ।

खल्ती बाट प्रति कारोबार सीमा रकम रु ५० हजार प्रतिदिन रु १ लाख रहेको छ । प्रयोगकर्ताहरूले सजिलैसँग यो रकम निःशुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सजिलै संग सक्नेछन् । सुविधाका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भनेका छन् ।

खल्ती सधैं प्रयोगकर्ताहरूको लागि सुविधा सहज र प्रभावकारी बनाउनमा विश्वास गर्दछ र यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरूको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *