आगामी आवमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने घोषणा

काठमाडौं। सरकारले आगामी आवमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ। आगामी आवमा बंगलादेशमा पनि विद्युत् निर्यात गर्ने व्यवस्था मिलाउने घोषणा सरकारले बजेटमार्फत गरेको छ।

सुक्खा याममा विद्युतको माग आपूर्ति गर्न १२ सय मेगावाट क्षमताको बूढीगण्डकी, ६७० मेगावाट क्षमताको दूधकोशी, ४१७ मेगावाट क्षमताको नलसिंगाड तथा २८० मेगावाटको नौमुरे जलविद्युत् आयोजनाको निर्माण शुरु गर्ने घोषणा पनि बजेटमार्फत गरेको छ।

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लगानीमा ७७.५ मेगावाटको घुन्सा र ७०.३ मेगावाटको सिंहा जलविद्युत् आयोजना अगाडि बढाउने भएको छ। यसैगरी निजी क्षेत्रलाई ऊर्जा क्षेत्रमा लगानी गर्न आकर्षित गर्ने योजना पनि सरकारको छ।

सरकारले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आगामी वर्षको बजेटमार्फत कुल ५० अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *