


काठमाडौं । अर्थसन्जाल मिडिया प्रालिले थानकोटस्थित मंगलोदय बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहि यहि जेठ १४ गते क्याम्पसका स्नातक पहिलो, दोस्रो, तेस्रो र चौथो तहमा अध्यनरत व्यवस्थापन र मानविकी शास्त्रमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरिवित्तीय साक्षरताको उपदेयता र उद्देश्यका बारेमा जानकारी गराउदै वित्तीय साक्षरता र चेतनामुलक कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विद्यार्थीहरुलाई वित्तीय क्षेत्रको सैदान्तिक एवं प्रयोगात्मक ज्ञानबारे जानकारी दिइनुका साथै पारदर्शी बैंकिङ कारोबार कसरी गर्ने भन्ने बिषयको व्यवहारिक ज्ञान समेत दिइएको थियो ।
कार्यक्रमका स्रोत व्याक्तिका रुपमा रहेका राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका मार्केटिङ प्रमुख अच्युत गौतमले विद्यार्थीहरुलाई वित्तीय साक्षरता के हो ? मानिसको यो किन आवश्यक छ ? र यसको व्यावहारिक महत्वका विषयमा करिव २ घण्टासम्म प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा क्याम्पसका प्रमुख गोकुल प्रसाद सिग्देलले विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमको प्रशंशा गर्दै यसबाट विद्यार्थीले बढीभन्दा बढी लाभ लिने विश्वास व्यक्त गरे । वित्तीय साक्षरताका माध्यमबाट एक सर्वसाधारण व्यक्ति कसरी आर्थिकरूपमा समृद्धि हासिल गर्न र सफल व्यवसायी बन्न सक्छ ? देशको अर्थतन्त्रलाई सबल बनाउन कस्तो किसिमको भूमिका खेल्न सक्छ भन्ने बिषय उजागर गरेका थिए । उनले सर्वपक्षीय हितमा रहेको वित्तीय क्षेत्र सुधारका लागि वित्तीय साक्षरताको ज्ञान अभिवृद्धि गर्नु आजको प्रमुख आवस्यकता रहेको बताए ।
त्यस्तै सामाजिक सस्था कायाश्री फाउण्डेसनकी अध्यक्ष भूमिका भण्डारीले देशका अधिकांश जनता अझैपनि वित्तीय पहुँभन्दा बाहिर रहेकाले यस किसिमको कार्यक्रमबाट बैंकिङ्ग क्षेत्रमा सबैको पहुँच सुनिश्चित गर्ने बताईंन्। वित्तीय क्षेत्रमा चासो राख्नेहरुका लागि साक्षरता कार्यक्रम अत्यन्त उपयोगी हुने उनको धारणा थियो।
त्यसैगरी आयोजकका तर्फबाट कम्पनीकी अध्यक्ष सिर्जना वाग्लेले विद्यार्थीलाई कानूनी रुपमा सम्पति कसरी आर्जन गर्ने, आर्जन गरेको सम्पतिबाट असिमित आवस्यकताहरु कसरी पूरा गर्ने र बचतसँगसँगै सुरक्षितरूपमा लगानी कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षण दिएकी थिइन्।
त्यसैगरी क्याम्पसका व्यवस्थापन संकायका संयोजक दिनेश सिग्देलले कसरी आफ्नो आम्दानी खर्चको लेखाजोखा गर्न, भविष्यका वित्तीय आवश्यकताहरूको बारेमा प्रभावकारी वित्तीय योजानासहितको लक्ष्य बनाउन, नियमित बचत गर्न, ऋण लिएर व्यवसाय सञ्चालन गरी आम्दानी बढाउन सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिएका थिए । उनले हरेक क्षेत्रमा वित्तीय सचेतना-साक्षरताको आवस्यकता र औचित्यबारे बुझाएका थिए । वित्तीय साक्षरताका कारणबाट कसरी मानिसको व्यवहार तथा आर्थिक जीवनस्तरमा परिवर्तन आउन सक्छ ? बिषयमा व्यवहारिक ज्ञान समेत दिए। साथै प्रविधिको सही प्रयोग तथा व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा उनले प्रशिक्षण गराएका थिए।
क्याम्पसका प्रधानाध्याप कगोकुल प्रसाद सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साक्षरता कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका मार्केटिङ प्रमुख अच्युत गौतम, अर्थसञ्जाल मिडियाकी अध्यक्ष सिर्जना वाग्ले, चेञ्ज नेपाल ग्रुप अफ कम्पनीका अध्यक्ष नारायणप्रसाद अधिकारी, कायाश्री फाउण्डेसनकी अध्यक्ष भूमिका भण्डारी, स्थानीय जनप्रतिनिधि, क्याम्पसका सहायक प्रमुख गोकुलप्रसाद सिग्देल, लगायत क्याम्पसका शिक्षक तथा प्राध्यापकहरुको उपस्थिति थियो । पहिलो र दोस्रो गरि दुई सत्रमा सम्पन्न गरिएको उक्त साक्षरता कार्यक्रममा १२०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

अर्थ सन्जाल