गाेरखापत्र संस्थान नाफामा

काठमाडौं । अधिकांश सरकारी संस्थान घाटामा सञ्चालन भइरहेका बेला नेपालको पुरानो सरकारी संस्थान गोरखापत्र लगातार दोस्रो वर्ष पनि नाफामा रहेको अर्थ मन्त्रालयको प्रतिवेदनले देखाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आइतबार संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षामा गोरखापत्र संस्थान नाफामा रहेको देखिएको हो। संस्थानको वार्षिक स्थिति समीक्षामा आर्थिक वर्ष २०७९र८० मा गोरखापत्र संस्थान ६ करोड २४ लाख रुपैयाँ नाफामा देखिएको हो । अघिल्लो वर्ष संस्थानको नाफा अंक ५ करोड ४८ लाख रुपैयाँ थियो।

अर्थ मन्त्रालयको समीक्षा रिपोर्ट अनुसार संस्थानले अघिल्लो आवको तुलनामा गत आवमा एक करोड रुपैयाँ बढी नाफा कमाउन सफल भएको हो। प्रतिस्पर्धी बजारमा व्यवसायिक गुणस्तर अभिवृद्धि गरेपछि संस्थानको आर्थिक अवस्थामा सुधार आएको संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले बताए।

संस्थानका प्रकाशनहरूको समाचार, सामग्रीमा सुधार र बजार सुहाउँदो रणनीति अपनाउँदा नाफाको अवस्थामा पुगेको महाप्रबन्धक ऐरीको भनाइ छ। संस्थानको बजारीकरण र पारदर्शिता एवम् कर्मचारीको सहयोगका कारण हाम्रो टिमले अवस्थामा सुधार ल्याउन सम्भव भएको हो, महाप्रबन्धक ऐरीले भने।

अघिल्लो वर्षको तुनलामा गएको आवमा १६ करोड विज्ञापन आम्दानीमा समेत वृद्धि भएको संस्थानले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *