काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य बढेको छ । आइतबार स्थिर रहेको सुन आज भने तोलामा ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल