काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले गरेका व्यवस्थाहरु कार्यान्वयनको गर्न बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गरेको छ ।
आइतबार बैंकले एक सर्कुलर जारी गर्दै असल कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न र घर कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम गर्न निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थालाई २५ लाखभन्दा ठूलो सवारी कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० मा झार्न मिल्ने र २० प्रतिशत सेयर लगानी बेच्ने बाटो खोल्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
यस्तो छ सर्कुलर
Artha Sanjal
अर्थ सन्जाल