काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ को विन्दुमा बन्द भएको छ।
आज २१३ कम्पनीको १ करोड १० लाख ४४ हजार ४८५ कित्तासेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको आज १५ करोड ६६ लाख रुपैयाँ कारोबार भएको छ।
सीईडीबी हाइड्रोपावर १५ करोड ३१ लाख रुपैयाँ,फर्स्ट माइक्रो फाइनान्स १४ करोड ८१ लाख रुपैयाँ,नबिल बैंक १३ करोड ४० लाख रुपैयाँ,सोल्टी होटेल १० करोड १ लाख रुपैयाँ,एनआईसी एसिया बैंक ९ करोड ७३ लाख रुपैयाँ,हिमालयन लघुवित्त ७ करोड ७७ लाख रुपैयाँ,रिडी पावर ७ करोड ५२ लाख रुपैयाँ,कालिञ्चोक दर्शन ७ करोड ३० लाख रुपैयाँ,सिटी होटेल ६ करोड ९५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।






