सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

धनुषा। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले अध्यक्ष सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न आइतबारसम्मका लागि हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय धनुषालाई अनुमति दिएको हो ।

सिरोहियाविरुद्ध धनुषा प्रहरीमा नागरिकतासम्बन्धी कसुरमा जाहेरी परेपछि पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *