काठमाडौं। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रवार काठमाडौंमा प्रदर्शन गरेको छ ।
शुक्रवार काठमाडौंको माइतीघरमा सहकारी पीडितले प्रदर्शनसहित रिले अनशन समेत सुरु गरेका छन् । सहकारी पीडितहरू संगठित हुँदै सहकारी सञ्चालकबाट बचत फिर्ता गराउन सरकारसँग माग राख्दै प्रदर्शन गरेका हुन् ।
सरकारले दुई पटकसम्म सहकारी समस्या समाधान गर्ने सम्झौता गरे पनि कार्यान्वयन अझै नभएकोले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनु परेको सहकारी पीडितहरको गुनासो छ ।
सरकारले सहकारी सञ्चालकलाई कारबाही गर्नुपर्ने र बचतकर्ताको बचत फिर्ता हुनुपर्ने माग आफूहरूको माग रहेको एक पिडितले बताए । उनले सरकारले आगामी जेठ १५ गते ल्याउने बजेटमा सहकारी समस्या समाधान गर्ने विषयलाई नसमेटेसम्म आन्दोलन नरोक्ने उनको भनाई छ । उनले आफूहरूको आन्दोलन अन्तिम लडाइँको रुपमा अघि बढेको समेत बताए ।
पीडितहरूले सहकारी पीडितलाई न्याय दे,हाम्रो बचत रकम फिर्ता गर, बजेट भाषणमा हाम्रो माग सम्बोधन गर सहकारी सञ्चालकलाई तत्काल कारबाही गर लगायतका नारा लगाएका थिए ।
तस्बिरहरू
खकेन्द्र बहादुर बुढा