काठमाडौं । चुरेक्षेत्र संरक्षणसहित १२ बुँदे माग बोकेर माइतीघरमा मधेशका स्थानीयले आन्दोलद्द सुरु गरेका छन् । माइतीघरमा धर्नाका मधेश चुरे क्षेत्रका विभिन्न जिल्लाका २३ जना बिहीबारदेखि धर्ना सुरु गरेका हुन् ।
चुरे दोहन, अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै जाँदा मधेशमा विकराल समस्या देखिन थालेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
सप्तरी, धनुषा, जनपुर, वीरगञ्जलगायत जिल्लाबाट पैदलै हिँडेर उनीहरु २५औं दिनमा काठमाडौं आइपुगेका हुन् । पैदल यात्राका क्रममा सहभागीहरूले प्लास्टिक र टिनको भाँडोमा ‘पानीका लागि रुख बचाऊँ, पानी दे सरकार, चुरे र वनको संरक्षण गर’लगायतका नारा उल्लेख गरेका थिए ।
Artha Sanjal
खकेन्द्र बहादुर बुढा