काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार कोरोनाको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट केपी.१ र केपी.२ भेटिएको हो ।
यसअघि यो भेरियन्ट सिंगापुर, अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको थियो ।
हालै ४२ जनामा गरिएको परिक्षणमा १२ जनामा केपी.१ र १७ जनामा केपी.२ पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल