युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समिति बैठकले १००ः१५ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको छ । अब नियामक निकायम नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भएपछि कम्पनीको आगामी साधारण सभामा हकप्रद सेयर निष्कासनको प्रस्ताव पेश हुनेछ । सोही सभाले पारित गरेपछि आवश्यक थप प्रक्रिया अघि बढ्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *