हुन्डाई मोटर्सले ८ वटा सुविधा विद्युतीय गाडी ल्याउने

विश्वभरीका अटोमोबाइल कम्पनीहरू विद्युतीय गाडी निर्माणमा होडबाजी गरिरहेको छन् । हुन्डाई मोटर्सको कोना ईभी पहिले नै बजारमा ल्याइसकेको छ । आफ्नो ईभी खण्डलाई बलियो बनाउन २०३० सम्ममा ८ नयाँ ईभी लन्च गर्ने तयारी थालेको छ ।

हुन्डाईले सन् २०२५ मा आफ्नो अन्तिम आन्तरिक दहन आईसी इन्जिन कार लन्च गर्ने जनाएको छ । सन् २०३० सम्ममा कम्पनीले १७ नयाँ मोडलहरू लन्च गर्नेछ जसमध्ये ८ वटा पूर्ण रूपमा विलासी इलेक्ट्रिक कार हुनेछन् ।

१७ वटा कारमध्ये ११ हुन्डाई ब्याज भएका विद्युतीय कार र ६ वटा जेनेसिस ब्रान्ड अन्तर्गत विकास भएका कार हुनेछन् । हुयस वर्षको अन्तमा विश्व बजारमा बिक्रीको लागि उपलब्ध गराइनेछ । हुन्डाई र जेनेसिसले आफ्नो विद्युतीय कार भारतमा लन्च गर्ने कुनै निर्णय बनाएका छैनन् ।

हुन्डाईले पनि लगातार आफ्ना नयाँ कारहरू विश्व बजारमा ल्याइरहेको छ । कम्पनीले दक्षिण कोरियामा आफ्नो नयाँ माइक्रो एसयूभी क्यास्पर सार्वजनिक गरेको छ । सन् २०२२ को अन्त्यमा माइक्रो एसयूभी क्यास्पर कोरियाली बजारमा ल्याउने तयारी भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *