तेस्रो साइकल र्याली गर्दै सांग्रिला डेभलपमेन्ट बैंक, रजिष्ट्रेशन खुल्ला

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसरमा साइकल र्याली आयोजना गर्ने भएको छ । ‘इन्धन बचाऔं, वातावरण जोगाऔं,’ भन्ने नाराका साथ बेंकले आगामी जेठ १९ गते शनिबारका दिन डेभलपमेन्ट बैन्कर्स एशोसिएसन नेपाल, बिवाईडी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साईकल र्याली आयोजना गर्न लागेको हो ।

उक्त साइकल र्यालीमा सहभागी हुन चाहने इच्छुक व्यक्तिले जेठ १६ गते सम्म बैंकको लिंक https://www.shangrilabank.com/cyclerally/ मा निःशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न सक्ने बैंकले जनाएको छ।

साईकल र्याली जेठ १९ गते बिहान ७:०० बजे सानो गौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबारमार्ग, भद्रकाली मन्दिर,सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुलीबजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानो गौचरन मैदानमा पुगी समापन गरिने बैंकले जनाएको छ ।

र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एकजना सहभागीहरुलाई साईकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने छ । विगत वर्षहरुमा झै यस वर्षको तेस्रो साइकल र्याली समेत भब्य रुपमा समापन हुनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *