


काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य १८ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएकाे छ ।
आज छापावाला सुनको मूल्य तोला १ लाख ३८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ताेलामा १ लाख ३८ हजार रुपैयाँमा काराेबार भैइरहेकाे छ ।
यसअघि बुधबार छापावाला सुनको मूल्य तोला १ लाख ४० हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य तोला १ लाख ३९ हजार ८ रुपैयाँ थियाे ।
त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोला ८६५ सय रुपैयाँ बढेका छ । आज चाँदीको मूल्य तोला १ हजार रुपैयाँमा कारोबार भइरहेकाे महासंघका जनाएकाे छ ।
Artha Sanjal

अर्थ सन्जाल