दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा ६ जनाको नाम सिफारिस, को-को परे ?

काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सिफारिस गरिएको छ । बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले बुधबार ६ जनाको नाम सिफारिस गरेको हो ।

कार्यकारी निर्देशकका लागि पेस भएका आवेदकहरुको स्वीकृत नामावली वर्णानुक्रम अनुसार सिफारिस गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उल्लेख गरेको छ ।

सिफारिस हुनेमा निराज भट्टराई,  बालक चौधरी, डा. मोगल प्रसाद साह,  डा.राजेन्द्र प्रसाद यादव,  राम प्रसाद पौडेल र  डा.सितलकाजी श्रेष्ठ रहेका छन्   ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *