काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जेठ २८ गते वार्षिक साधारणसभा बस्ने भएको छ । सभा, आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्ट नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्दैछ ।
सभामा गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३१ प्रतिशत नगद लाभांश गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा छ ।
यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते बुक क्लोज गर्ने भएकोले जेठ १३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।
अर्थ सन्जाल