कुमारी बैंकको ७ लाख १७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले काठमाडौंको नक्सालस्थित बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। शेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *