


काठमाडाैं । साताकाे चौथो दिन मंगलबार पनि सेयर बजार बढेको छ। यस दिन नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ विन्दुमा पुगेको छ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक बढेको छ।
आज ३१७ कम्पनीको ७३ हजार ६६७ पटकको १ करोड ३२ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री हुदा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।
त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक र व्यापार उपसमूहको परिसूचक घटेको हो।
आज पोखरा फाइनान्सकाे सर्वाधिक कारोबार भएकाे छ । यस कम्पनीकाे २४ करोड ६४ लाख कारोबार भएकाे छ ।
पोखरा फाइनान्स २४ करोड ६४ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर १२ करोड ९९ लाख रुपैयाँ,कालिका पावर १२ करोड ३८ लाख रुपैयाँ,माउन्टेन इनर्जी १० करोड ४१ लाख रुपैयाँ,सिंगटी हाइड्रोपावर १० करोड १० लाख रुपैयाँ,जानकी फाइनान्स ९ करोड ७५ लाख रुपैयाँ,फर्स्ट माइक्रोफाइनान्स ९ करोड ५९ लाख रुपैयाँ,हिमालयन लघुवित्त ९ करोड २६ लाख रुपैयाँ.अरुण भ्याली हाइड्रोपावर ९ करोड १७ लाख रुपैयाँ,एनआईसी एसिया बैंक ८ करोड ५३ लाख रुपैयाँकाे सर्वाधिक कारोबार भएकाे छ ।

अर्थ सन्जाल