


काठमाडौं । सिजी मोटर्सको ब्राण्ड एम्बेसडरमा कला क्षेत्रमा नाम कमाएका सुरक्षा पन्त, सुशान्त केसी र दयाहाङ राई नियुक्त भएका छन् ।
नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सिजी मोटर्सले नक्सालमा रहेको स्टेट अफ दि आर्ट शोरुपमा एक कार्यक्रम गरी ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।
गायक सुशान्त केसीले उक्त कार्यक्रममा हिरो एक्सपल्सलाई आफ्नो संगितजस्तै रोमाञ्चक रुपमा अगाडि लैजाने बताएका छन् । उनको साथी र सारङ्गी गीत चर्चित छन् । अभिनेत्री सुरक्षा पन्त हिरो जुमको प्रचारमा जुटेकी छिन् । अभिनेता दयाहाङ राईले हिरो स्प्लेण्डर सिरिजका मोटरसाइकलको प्रचारप्रसार गर्ने भएका छन् ।
सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर नवलपरासीको सिजी इण्डस्ट्रियल पार्कमा प्रति वर्ष ७५ हजार युनिट मोटरसाइकल एसम्बल गर्न सक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन गरेको थियो । हिरोका मोटरसाइकल तथा स्कुटरहरु अहिले नेपालमा नै एसम्बल भइरहेका छन् ।
सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरुमा ५० भन्दा बढी हिरो शोरुमहरुको नेटवर्क सञ्चालन गरिरहेको छ । सिजी मोटर्सका शोरुमबाट एक्सपल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस तथा जुम बिक्री भइरहेका छन् ।

अर्थ सन्जाल