सरकारी ऋणपत्र रोक्काको पत्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन जारी

काठमाडाैं । बैंक तथा वित्तीय संस्थाहरूलाई सरकारी ऋणपत्र रोक्काको पत्र केन्द्रीय बैंकमा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।

तरलता सुविधा उपयोगको लागि बैंक तथा वित्तीय संस्थाहरूले धितोको रूपमा राख्ने सरकारी ऋणपत्रको रोक्का सम्बन्धित सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा रोक्का गरी सो ब्यहोराको पत्र केन्द्रीय बैंकमा उपलब्ध गराउन बैंकले भनेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले दैनिक तरलता सुविधा, ओभरनाइट तरलता सुविधा, रिपो, ओभरनाइट रिपो र स्थायी तरलता सुविधा माग गर्दा सुरक्षणको लागि सरकारी ऋणपत्र धितोमा राख्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *