


काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ६ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सेयरधनीहरूको नाममा रहेको ६ लाख ५६ हजार २ सय ३४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले बिक्रीमा ल्याएको संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने छन् । बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो ।
तर, तोकिएको समयभित्र संस्थापकहरूबाट सेयर खरिदका लागि आवेदन नपरेपछि बैंकले विद्यमान संस्थापक सेयरधनी वा अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी शेसयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ ।
Artha Sanjal

अर्थ सन्जाल