

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन भएको छ।
नेप्सेका अनुसार संस्थापक तर्फ ५१ र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत कायम भएको छ । यसअघि संस्थापक र सर्वसाधारणको सेयर संरचना अनुपात ७० र ३० प्रतिशत थियो । हाल यस संस्थाको कुल ९४ लाख ४३ हजार ५१०.६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
जसमध्ये संस्थापक समूहको सेयर हिस्सा ४८ लाख १६ हजार १९०.४३ र सर्वसाधारणको ४६ लाख २७ हजार ३२०.२२ कायम भएको छ ।
Artha Sanjal

अर्थ सन्जाल