


काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जनाको नाम ‘सर्टलिस्ट’ भएको छ । सीईओ छनोट उपसमितिको आइतबार बसेको बैठकले ५ जनाकाे नाम छानेकाे हाे ।
सीईओका लागि आवेदन दिएकामध्ये सर्टलिस्टमा परेको ५ जनाको नाम छनोट भएसँगै व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाताका लागि उनीहरूलाई बोलाएको छ। बुधवार उनीहरुले व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाता दिनु पर्नेछ ।
सीईओका लागि सर्टलिस्टमा पर्नेहरूमा नेपाल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बैंककै बहालवाला नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन् ।
Artha Sanjal

अर्थ सन्जाल