आयात घट्दा पनि भन्सार राजश्वमा ११.१३ प्रतिशतको वृद्धि

काठमाडाैं । आयात घट्दा पनि भन्सार राजश्वमा भने उच्च वृद्धि देखिएको छ । चालु आर्थिक बर्ष २०८०/८१ को बैशाख मसान्तसम्ममा भन्सार महशुल ११.१३ प्रतिशतले बढेको हो ।

चालु आवमा गरिएको कुल आयातबाट सरकारले ३ खर्ब ४२ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ राजश्व उठेको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ३४ अर्ब ३३ करोड १२ लाख रुपैयाँ बढी हो । गत आवको १० महिनामा ३ खर्ब ८ अर्ब ४४ करोड ३० लाख रुपैयाँ राजश्व उठेको थियो ।

केही समयअघिसम्म आयात बढ्दा पनि राजश्व भने निकै दबाबमा थियो । तर, केही महिना यता भने आयत घट्दा पनि राजश्व बढी रहेको छ । विभागका अनुसार आन्तरिक नियन्त्रण प्रणालीमा गरिएको सुधारले नै राजश्व बढेको हो ।

प्रशासनिक र भन्सार मूल्याङ्कनमा सुधार आएकाले पनि राजश्व बढेको विभागले जनाएको छ । विभागका अनुसार राजस्व चुहावटमा लिएको शून्य सहनशीलता तथा नीतिगत परिवर्तनले पनि राजश्व बढाएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *