काठमाडौं । पाचँथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको आठौं वार्षिक साधारणसभा आगामी जेठ २७ गते काठमाडौं बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे सुरू हुनेछ ।
सभामा सञ्चालक समितिको अध्यक्षद्वारा प्रस्तुत गरिने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकले प्रस्तुत गरेकाे गत आर्थिक वर्षको लेखापरीक्षक प्रतिवेदन सहितको आय व्यय विवरण र वासलातमाथि छलफल गरी पारित गरिनेछ ।यसैगरी सभामा चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुने कम्पनीले जनाएको छ ।
उक्त सभामा कम्पनीको नियमावली नियम २७(२) को सञ्चालक समितिको संख्या संशोधन गर्ने,एक्सेस इन्भेष्टमेन्ट र मेगा भेन्चर प्रालिलाई प्राप्ति गर्ने/गाभ्ने र आयोजनामा पुनःनिर्माणका लागि कर्जा थप गर्ने लगायतका विशेष प्रस्ताव पारित हुनेछ ।
वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, जेठ १६ गतेसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
अर्थ सन्जाल