पाँचथर पावरले डाक्यो साधारण सभा, लगानीकर्तालाई लाभांश नदिने

काठमाडौं ।  पाचँथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा डाकेको हो ।सभा जेठ २७ गते होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।यस कम्पनीले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश नदिने भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, जेठ १८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
सभाले एक्सेल इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई गाभ्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *