आईपीओ जारी गर्दै ठमेल प्लाजा होटल

काठमाडौं। ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले आईपीओ प्रस्ताव सहित जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ । सभा यस कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ जारी प्रस्ताव पेश गर्नेछ ।

हाल कायम सेयरधनीहरुलाई हकप्रद सेयर पनि निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ । कम्पनीले सभा प्रयोजनका लागि जेठ १५ गते बुक क्लोज गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *