किसान लघुवित्तको करिब १४ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ ।

यो सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र कैलालीको लम्कीचुहामा रहेको कम्पनीको केन्द्रीय कार्यालय वा बूढानीलकण्ठमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *