सुनको मूल्य एकैदिन तोलामा १६ सयले बढ्यो, हालसम्मकै उच्चमा कारोबार

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महङ्गो भएको छ । आज सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *