


काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा आगामी जेठ २५ गते रोयल कुश्मा रिसोर्ट, पर्वतमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व पर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा रहेको कम्पनीले जनाएको छ । तर लाभांश वितरणसम्बन्धी अजेन्डा भने कार्यक्रममा राखिएको छैन
त्यस्तै, मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्दै छ । तसर्थ जेठ १७ गतेसम्म कायम सेयरधनीले मात्रै सभामा भाग लिन सक्नेछन् ।

अर्थ सन्जाल