नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ ।  नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले गत आव २०७९/८० का लागि प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनाका लागि) गरी कुल ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।

आगामी जेठ १७ गते आयोजना हुने कम्पनीको नवौं वार्षिक साधारण सभाबाट यो लाभांश पारित गरी सेयरधनीलाई वितरण कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *