काठमाडौं । स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।
उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ ।
क्यानका कोषाध्यक्ष पदम खड्काले सन्दिपलाई विश्वकप खेल्न पठाइने जानकारी दिएका छन् ।
आईसीसीको नियम अनुसार विश्वकपमा २५ मे सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा ब्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने हटाउनुपर्छ । कुन खेलाडी हटाउने भन्ने विषय कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने छ।