कैलालीमा नहरको इन्टेकमा बालक मृत फेला

धनगढी । कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका छन्।

लम्कीचुहा नगरपालिका–२ चौरीका खेमराज सुनारका ३ वर्षीय छोरा बखत सुनार नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका हुन।

जानकी गाउँपालिका–९ सुकुम्वासी टोलका राजु सुनारको घरको आगनमा खेल्नेक्रमा बालक बेपत्ता भएका थिए। खोजतलाशको क्रममा बालकलाई नहरको इन्टेकमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *