काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेडको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छन् ।
सलिकोको कम्पनी सचिवको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई प्रदान गरिएको छ । वैशाख ३१ गते सोमबार बसेको संचालक समितिको बैठकले आचार्यलाई कम्पनीको सचिवको जिम्मेवारी दिएको हो ।
यसअघि सचिव रहेका देवेन्द्र कोइरालाले कम्पनीबाट लागू गरिएको स्वेच्छि अवकास योजना (भिआरएस) मार्फत बाहिरिएका थिए ।