


काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर जेद्ध ४ गतेदेखि बिक्रीमा राख्न लागेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक लगायत अन्य व्यक्ति,फर्म,संगठित संस्था तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिने बैंकले जनाएको छ ।
Artha Sanjal

अर्थ सन्जाल