पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने भएको छ। मंगलबार (जेठ १) मा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा सो विषय समेटिएको छ।

आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजपरिवारको सम्पत्तिको संरक्षणलाई निरन्तरता दिने बताएका हुन् ।

‘पूर्व राजपरिवारको स्वामित्वको सम्पत्ति खोजबिन तथा संरक्षणलाई निरन्तरता दिनुका साथै प्राप्‍त सम्पत्तिको समुचित उपयोगका लागि व्यावसायिक तथा रणनीतिक योजना बनाई कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *