निक्षेपको ब्याजदर जेठमा पनि घट्यो, कुन बैंकमा राख्दा कति पाइन्छ ब्याज ?

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार अधिकांस  बैंकहरुले  मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।

ब्याजदर घटेपछि व्यक्तिगततर्फ मुद्दती निक्षेपको औसत ब्याजदर ७.०७ प्रतिशत कायम भएको छ । वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत रहेको छ । जसमा १९ वटा बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटको हो ।

जेठ महिनाका लागि ९ बैंकको ब्याजदर घटेको छ भने ७ बैंकहरुले वैशाखकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन् । एनआइसी एसिया, प्रभु र ग्लोबल आइएमई बैंक गरि ३ बैंकले भने ब्याजदर बढाएका छन् ।

एनआइसी एशिया बैंकले बैशाखको तुलनामा  ब्याजदर बढाएर  सार्वजनिक गरेको छ । जसमा व्यक्तिगत तर्फ ७.८ प्रतिशत र संस्थागत तर्फ ६.८प्रतिशत ब्याजदर कायम गरेको हो ।

ग्लोबल आइएमई बैंकले  व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६.५ प्रतिशत ब्याज दिने भएको छ। गत बैशाखको तुलनामा भने ग्लोबल आइएमई ब्याजदर बढाएको हो ।

 एनएमबि बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ७.८ प्रतिशत र संस्थागत तर्फ ६.८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । गत बैंशाखमा भने बैंकले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ७.९७ प्रतिशत र ६.०७ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

सिटिजन्स बैंकले जेठ महिनामा   ब्याजदर घटाएर व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ७ प्रतिशत ६ प्रतिशत ब्याजदर कायम भएको छ । तर बैशाख महिनामा  बैंकले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६.१५ प्रतिशत ब्याजदर कायम कायम गरेको थियो ।

सिद्धार्थ बैंकले  जेठ महिनामा ०.२५ प्रतिशत बिन्दुले घटाएर व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्राइम बैंकले ०.१ प्रतिशत बिन्दुले घटाएर व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ।
सानिमा बैंकले ब्याजदर ०.२ प्रतिशत बिन्दुले घटाएर व्यक्तिगत तर्फ ६.९ प्रतिशत र संस्थागत ५.९ प्रतिशत ब्याजदर कायम गरेको छ।

नबिल बैंकले व्यक्तिगत मुद्दति तर्फ ६.७५ प्रतिशत र संस्थागत तर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।

एभरेष्ट बैंकले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ६.५ प्रतिशत र ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ।

नेपाल एसबिआई बैंकले पनि ०.१४ प्रतिशत बिन्दुले ब्याजदर घटाएर जेठ महिनाका लागि व्यक्तिगत मुद्दति तर्फ ६.३९ प्रतिशत र संस्थागत तर्फ ५.३९ प्रतिशत कायम गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेको ब्याजदर  ०.१५ प्रतिशत बिन्दुले घटाएर ६.४ प्रतिशत कायम गरेको छ भने संस्थागत तर्फ भने बैसाख महिनाकै ब्याजदर अर्थात ५.३५ प्रतिशत कायम गरेको छ ।

यी हुन्  ब्याजदर स्थिर राख्ने बैंक

जेठ महिनाका लागि ९ वटा बैंकले भने ब्याजदर स्थिर राखेका छन् । हिमालयन बैंक व्यक्तिगत मुद्दति निक्षेपमा बैशाख महिनाकै ब्याजदर ७.५ प्रतिशत र संस्थागतमा ६ प्रतिशत ब्याजदर कायम गरेको छ।

यस्तै, प्रभु, कुमारी, माछापुच्छ्रे, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, नेपाल बैंकले  ब्याजदर यथावत राखेका छन् । यी बैंकहरुले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका हुन् ।

 प्रभु बैंकले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थाग तर्फ ६.५ प्रतिशत,

कुमारी बैंकले व्यक्तिगत तर्फ ७.२६ प्रतिशत र संस्थागत तर्फ ६.२६ प्रतिशत,

माछापुच्छ्रे बैंकले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ७.२५ प्रतिशत र ५.५ प्रतिशत

स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगतमा ७ प्रतिशत र संस्थागतमा ६ प्रतिशत

लक्ष्मी सनराइजले पनि जेठ महिनामा व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत,

नेपाल बैंकले व्यक्तिगत तर्फ ६.७५प्रतिशत र संस्थागत तर्फ ४.७५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका छन् ।

कृषि विकास बैंकले व्यक्तिगत मुद्दतिमा ५.६६ प्रतिशत र संस्थागत तर्फ ४.५१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

जेठ महिनामा मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैंकको रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *