काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ को विन्दुमा उक्लिएको छ।
यो दिन नेप्सेमा सूचीकृतमध्ये ३२० कम्पनीका ९८ लाख ५५ हजार २८५ कित्ता शेयर ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६५ रुपैयाँमा किनबेच भएका छन्।
आज २१९ कम्पनीको सेयरभाउ बढेको छ भने २२ वटाको घटेको छ। आज ३ वटा कम्पनीको सेयरभाउ स्थिर रहेको छ। आज नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी लघुवित्त समूह ३.४४ प्रतिशतले बढेको छ।
सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सीईडीबी हाइड्रोपावर १५ करोड ८१ लाख रुपैयाँ,शाइन रेसुंगा डेभलपमेन्ट बैंक ११ करोड ६१ लाख रुपैयाँ,आरएसडीसी लघुवित्त ७ करोड ९५ लाख रुपैयाँ,रिडी पावर ७ करोड ३८ लाख रुपैयाँ,स्वावलम्बन लघुवित्त ७ करोड २९ लाख रुपैयाँ,सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ७ करोड ४ लाख रुपैयाँ,पिपुल्स पावर ६ करोड ९४ लाख रुपैयाँ,ग्रामीण विकास लघुवित्त ६ करोड ८५ लाख रुपैयाँ,हिमालयन लघुवित्त ६ करोड १८ लाख रुपैयाँ,पोखरा फाइनान्स ६ करोड ९ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।