मिथिला लघुवित्तको सेयर बिक्रीमा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

संस्थाका इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवश्यक कागजात संलग्न गरी के कति दर रेटमा खरिद गर्न चाहेको उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरे अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *