युनाइटेड मोदी हाइड्रोपावरको नाफा ९३.०९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड ९९ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ९३.०९ प्रतिशतले धेरै हो । गत वर्ष यसले १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यता, हाइड्रोपारको वित्तीय खर्च भने ९ करोड ११ लाखबाट घटेर ८ करोड २ लाख रुपैयाँ कायम भएको छ । त्यसैगरी, कर्मचारी खर्च पनि घटेको छ । त्यसैले यसको नाफामा सुधार आएको हो ।

यता कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने घटेको छ । यस अवधिमा हाइड्रोपावरले विद्युत बिक्रीबाट २१ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यही अवधिमा २२ करोड २९ लाख रुपैयाँ विद्युत बिक्री गरेको थियो ।

हाल युनाइटेड मोदीको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भमा ५ करोड ३ लाख रुपैयाँ छ । चैतसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६२ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १०४ रुपैयाँ ०९ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *