मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण

काठमाडौं। मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेको छ।

शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दै आएको बैंकले सोही क्रममा बैंकले धादिङ्ग स्थित बदी विशाल मा. वि. र स्वर्णिम एकेडेमीमा १८२ विधार्थीहरुलाई स्टेशनरी सामानहरु हस्तान्तरण गरेको हो।

यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरूमा शिक्षाप्रति थप ऊर्जा ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ । हस्तान्तरण कार्यक्रममा बैंकका संचालक तथा कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीज्यूहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *