काठमाडौं। कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड ४२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। चालु आवको दोस्रो त्रैमासमा यो कम्पनीले १ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले गत वर्षको तेस्रो त्रैमासको रिपोर्ट ब्यालेन्स सिटमा उल्लेख गरेको छैन ।
यस कम्पनीले विद्युत बिक्रीबाट २ करोड ८८ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको छ । त्यसैगरी, १५ लाख ३३ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । हाइड्रोपावरको वित्तीय खर्च ४८ लाख ८ हजार रुपैयाँ रहेको छ ।
हाल कुथेलीको चुक्ता पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँ रहेको छ । यसको रिजर्भमा ७ करोड ४० लाख १९ हजार रुपैयाँ जम्मा छ । रिपोर्ट अनुसार यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २३ पैसा (वार्षिकीकरण) रहेको छ । त्यसैगरी, प्रतिसेयर नेटवर्थ भने १६० रुपैयाँ ७४ पैसा छ । हाल यस कम्पनीको सेयर भाउ प्रतिकित्ता १०१९ रुपैयाँ छ । हाइड्रोपावर समूहमध्ये कुथेली बुखरीको सेयर भाउ सबै भन्दा महँगो हो।
अर्थ सन्जाल